आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

कृष्ण मोटरमार्ग सहित विभिन्न योजनालाई बजेट माग


  • समाचार कुञ्ज
  • २०८१ माघ ३, बिहिबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • घिरिङ गाउँपालिकाका जनप्रतिनिधि सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले गाउँपालिकाको मुख्य मार्गको रुपमा रहेको कृष्ण मार्ग सहित अन्य विभिन्न योजनाकोलागि गन्डकी प्रदेश सरकार सँग माग गरेको छ ।

    गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाको नेतृत्वमा विहिबार गन्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई भेट गरि कृष्ण मार्ग सहित अन्य सडक र गाउँपालिकाका विभिन्न योजनामा प्रदेश सरकारको तर्फबाट बजेट उपलब्ध गराउन माग गरेका हुन् ।

    कृष्णमार्गले गन्डकी प्रदेश र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने हुँदा उक्त सडकको निकै महत्व भएको भन्दै गाउँपालिकाको तर्फबाट उक्त सडकमा हालसम्म मुद्धाको कारण बजेट नपरेको र अहिले मुद्धा टुंगो लागिसकेको हुँदा सो सडक कालोपत्रेको लागि प्रदेश सरकारले पनि बजेट विनियोजन गर्नुपर्ने बताए ।

    सो अवसरमा मुख्यमन्त्री पाण्डेले आगामी वर्षको बजेटमा घिरिङ गाउँपालिकाका योजनालाई समेट्ने प्रतिबद्धता जनाएका थिए । सो टोलीले आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेलाई पनि भेट गरि बजेट विनियोजनको विषयमा छलफल गरेको थियो ।

    सो भेटमा गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारी, निवर्तमान गाउँपालिकाका अध्यक्ष रनबहादुर राना सहित अन्य जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सन्चारकर्मीहरुको पनि उपस्थिती रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट