
समाचार कुञ्ज तनहुँको घिरिङ गाउँपालिका वडा नम्बर ४ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । वडामा रहेका खोप उमेर समुहका सबैबालबालिकाले पाउनुपर्ने सबै खोपको मात्रा प्राप्त गरेपछि वडालाई पूर्ण खोप सुनिश्चित गरिएको घिरिङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले बताए । वडा नं ४ वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणा भएको छ। वडा स्तरीय खोप समन्वय समितिको आयोजनामा सोमबार वडा नम्बर ४ को वडा कार्यालयमा एक कार्यक्रम गरी १६ महिना देखि ५९ महिना सम्मका बालबालिका हरूले १५ महिना उमेर भित्र पूर्ण खोप पाएको सुनिश्चितता घोषणा गरिएको हो। 
कार्यक्रममा गाउँपालिका अध्यक्ष होम बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकाल, वडा नम्बर ४ का अध्यक्ष भिम बहादुर कुमाल, स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमाल, वडाका जनप्रतिनिधिहरु, सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मीहरू, स्वयंसेविका तथा सञ्चारकर्मी लगायतको उपस्थितिमा घोषणा गरिएको हो।

प्रतिक्रिया दिनुहोस