आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको दुई स्थानमा भारी वर्षा


  • समाचार कुञ्ज
  • २०८२ श्रावण २३, शुक्रबार मा प्रकाशित ९ महिना अघि
  • ६५ पाठक संख्या
  • काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागमा धेरै र देशका बाँकी पहाडी भागका केही स्थानहरुमा तथा मधेस प्रदेश र बाँकी तराई भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । 

    लुम्बिनी प्रदेशको तराइलगायत कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज राति देशभर साधारणतया बदली रहनेछ । मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट