
समाचार कुञ्ज तिर्थराज काफ्ले कावासाेती – नेपाल विद्युत् प्राधिकरण अन्तर्गत कावासोती वितरण केन्द्रले मिति २०८२ साल असार २० गतेदेखि असार मसान्तसम्मका लागि नयाँ मिटर आवेदन बन्द गर्ने निर्णय गरेको छ।
वितरण केन्द्रका अनुसार हाल नयाँ मिटर आवेदन दर्ताकाे कामलाई अस्थायी रूपमा रोकिएको छ। उक्त निर्णय असार महिनाको मसान्तसम्मका लागि मात्र लागू हुने प्राधिकरणले स्पष्ट पारेको छ।
विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख शिव नारायण गौशालीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, "उल्लेखित विषयमा यस वितरण केन्द्र अन्तर्गत नयाँ मिटर आवेदन दिइसकेका ग्राहकहरुको मिटर जडान गरिनेछ भने नयाँ मिटरका लागि मिति २०८२ असार २० गतेबाट असार मसान्तसम्म नयाँ मिटर आवेदन बन्द गरिएको व्यहोरा जानकारी गराइन्छ।"
यस बाट नयाँ विद्युत् जडानका लागि प्रतीक्षारत सेवाग्राहीहरूलाई केही समय कुर्नुपर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस