
समाचार कुञ्ज काठमाडौँ, २६ असार । देशभर मनसुनी वायु सक्रिय हुँदा अधिकांश भूभागमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज बागमती, कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको औंल्याउँदै बाढी, पहिरो र भूक्षयको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतर्फ र पूर्वमा सरदर स्थानकै हाराहारीमा अवस्थित छ । यसकै प्रभावले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी प्रदेशमा मौसम आंशिक बदली छ।
दिउँसो देशभर मौसम आंशिकदेखि सामान्यतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यी चार प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ । बाँकी भूभागका थोरै स्थानमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा

प्रतिक्रिया दिनुहोस