
समाचार कुञ्ज तिर्थराज काफ्ले कावासाेती
जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अन्तर्गत मध्यविन्दु नगरपालिका–१५, टिकुलिटारबाट एक युवा सम्पर्कविहीन भएका छन्।
मिति २०८२ साल असार ९ गते राती करिब ८ बजेदेखि टिकुलिटारका २६ वर्षीय केशव विक अचानक घरबाट निस्किएका थिए। मानसिक समस्याबाट पीडित विक कसैलाई केही जानकारी नगराई घरबाट बाहिरिएपछि हालसम्म उनी सम्पर्कमा आएका छैनन्।
बेपत्ता विकका बुबा हेमबहादुर विकले छोराको खोजीका लागि प्रहरी कार्यालयमा निवेदन दिएका छन्। यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले सार्वजनिक जानकारी जारी गर्दै यदि कोही व्यक्तिले केशव विकलाई देख्नु भएमा तत्काल ९८५७०९०३४४ नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरेको छ।
प्रहरीका अनुसार, हाल परिवारजन गहिरो चिन्तामा छन् र खोजी कार्यमा प्रहरी पनि सक्रिय भएको जनाएको छ।
यसरी मानसिक स्वास्थ्य समस्या भएका नागरिकहरूको उचित निगरानी र समुदायको सहयोग अत्यावश्यक रहेको पुनः एकपटक यो घटनाले देखाएको छ।

प्रतिक्रिया दिनुहोस