आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

आज बिहान नवलपुरका अधिकांश स्थानमा विद्युत आपूर्ति रोकिने


  • समाचार कुञ्ज
  • २०८२ श्रावण १४, बुधबार मा प्रकाशित ७ महिना अघि
  • १४ पाठक संख्या
  • तिर्थराज काफ्ले कावासोती,  
    कावासोती वितरण केन्द्रअन्तर्गत पर्ने प्रगतिनगरस्थित कावासोती १३२/३३ के.भी. सबस्टेसनमा क्यापासिटर बैंक जडान कार्यका कारण आज बिहान दुई घण्टासम्म विद्युत सेवा अवरुद्ध हुने भएको छ।

    नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले दिएको जानकारी अनुसार भोली मिति २०८२ साल साउन १४ गते बिहान ६:०० बजेदेखि ८:०० बजेसम्म सो सबस्टेसन अन्तर्गतका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति रोकिनेछ।

    विद्युत अवरोध हुने स्थानहरूमा कावासोती, देवचुली, गैडाकोट, मध्यविन्दु नगरपालिका, हुप्सिकोट, बुलिङटार, बौदीकाली र विनयी त्रिवेणी गाउँपालिकाका आंशिक तथा सम्पूर्ण क्षेत्रहरू रहेका छन्।

    भोल्टेज सुधारका लागि क्यापासिटर बैंक जडान गर्न लागिएको बताउँदै प्राधिकरणले उपभोक्ताहरूमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गरेको छ। साथै, यदि निर्धारित समयभन्दा छिटो काम सम्पन्न भएमा विद्युत सेवा पुनः सुचारु गरिने पनि जानकारी दिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट