आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

तराईमा उच्च वर्षा, रौतहटमा ३३३ मिलिमिटर पुग्यो


  • समाचार कुञ्ज
  • २०८२ आश्विन १८, शनिबार मा प्रकाशित ४ महिना अघि
  • १५ पाठक संख्या
  • काठमाडौँ : देशका विभिन्न स्थानमा मनसुनी वर्षा भइरहेको छ।विशेषगरी तराईका जिल्लाहरूमा उच्च भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

     

     

    विभागका अनुसार पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा बढी ३३३ मिलिमिटर वर्षा भइसकेको छ। यस्तै, मकवानपुर, काभ्रेपलाञ्चोकलगायतका जिल्लामा पनि अति भारी वर्षा भएको छ। काठमाडौँ उपत्यकासहितका विभिन्न जिल्लामा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। 

    विभागका अनुसार बारा, पर्सा र रौतहट जिल्लाका वर्षामापन केन्द्रहरूमा अति भारी वर्षा भएपछि हालसम्म १० वटा केन्द्रमा खतराको तह पार गरेकाले साइरन बजाइएको छ। 

    विभागको बाढी पूर्वानुमान महाशाखाले काभ्रे–रोसी, मनोहरा–काठमाडौँ, बागमती–काठमाडौँ, लालबकैया–मकवानपुरमा जलसतह सतर्कता तह माथि र बढ्दो क्रममा रहेको जनाएको छ। 

    बागमती प्रदेश र मधेस प्रदेश भएर बहने प्रायः सबै नदी नाला सतर्कता तह नजिक र बढ्दो क्रममा रहेको भन्दै सावधानी अपनाउन अनुरोध गरिएको छ। 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट