
समाचार कुञ्ज नवलपुर – बुलिङटार गाउँपालिका–३, धारापानी घर भएका ४६ वर्षीय बासुदेव तिवारी भारतबाट नेपाल फर्किने क्रममा रहस्यमय रूपमा बेपत्ता भएका छन्। उनकी श्रीमती हरिमाया तिवारी ले बताएअनुसार उनी चैत १ गते दिउँसो करिब साढे २ बजे भैरहवा भन्सारसम्म सुरक्षित रूपमा आइपुगेका थिए। त्यसपछि भने उनी अचानक सम्पर्कविहीन भएका हुन्।
निर्धारित समयमा घर नपुगेपछि परिवारजन चिन्तित बनेका छन्। आफन्त तथा स्थानीयले खोजी कार्य तीव्र बनाएका भए पनि हालसम्म तिवारीको कुनै अत्तोपत्तो लाग्न सकेको छैन। अन्तिम पटक भैरहवा आसपासमै सम्पर्कमा रहेका उनी त्यसपछि कहाँ गए भन्ने खुलेको छैन, जसले घटनालाई थप रहस्यमय बनाएको छ।
परिवारले तिवारीलाई जहाँ भए पनि सकुशल सम्पर्कमा आउन हार्दिक अपिल गरेका छन्। साथै, उनलाई देख्ने वा भेट्ने जोकोहीलाई नजिकको प्रहरी कार्यालयमा जानकारी दिन वा ९७४१७९१०९० , ९८५७०४०२८२ , ९८१४४१४११५ नम्बरहरूमा तुरुन्त सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस