
समाचार कुञ्ज माघ २४ तनहुँ । दमौलीदेखि छाब्दी बाराही देवीको मन्दिरसम्म आदिकवि छाब्दि मिनी म्याराथन दौडको आयोजना हुने भएको छ । आदिकवि भानुभक्त क्याम्पस र छाब्दी बाराही विकास कोष, व्यास(१४ को संयुक्त आयोजनामा उक्त दौड हुन लागेको हो। छाब्दि बाराही मन्दिरको व्यापक प्रचारप्रसार गरी उक्त क्षेत्रमामा आन्तरिक, बाह्य एवं धार्मिक पर्यटनलाई विस्तार गर्न तथा युवाहरूलाई खेलप्रति आकर्षण गर्नका लागि उक्त म्याराथन दौडको आयोजना गर्न लागिएको हो।
क्याम्पसको वार्षिक खेलकुद कार्यक्रम(२०८० को तालिका अन्तर्गत सो दौड प्रतियोगिता हुन लागेको हो। बुधबार साँझ छब्दिमा उक्त म्याराथन दौडको आयोजनाको लागी प्रारम्भिक तयारी बैठक सम्पन्न भएको छ। बैठक व्यास नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष काजीमान श्रेष्ठको अध्यक्षतामा बसेको थियो। बैठकमा क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख महाप्रसाद हद्खले, प्राध्यापकद्वय धन बहादुर थापा र बुद्ध कुमार श्रेष्ठको उपस्थिति रहेको थियो।
बैठकमा छाब्दि विकास कोषका अध्यक्ष थान बहादुर थापा, उपाध्यक्ष दुर्गाबहादुर थापा, छाब्दी बाराहि आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद कँडेल, रजबाम युवा क्लब, छब्दिका अध्यक्ष कृष्ण बहादुर आले र क्लवका सदस्य भेषबहादुर आलेको उपस्थिति रहेको थियो।
सो म्याराथन दौडकोको सुरुवाती बिन्दु आदिकवि भानुभक्त क्याम्पस व्यास(१, विज्ञानचौर र अन्तिम बिन्दु व्यास(१४, छाब्दी बाराही मन्दिर परिसर रहनेछ। प्रतियोगिता प्रजातन्त्र दिवस सप्ताहको अवसरमा फागुन १ गते हुने भएको छ। म्याराथनमा तनहुँ जिल्लाभरका क्याम्पस र विद्यालयका विद्यार्थीहरूले खुला प्रतिस्पर्धा गर्ने अवसर दिइने छ। मिनी म्याराथन दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरूलाई १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार राशी र प्रमाणपत्र प्रदान गरिने भएकोछ। प्रतियोगिताको सहआयोजकमा रजवाम युवा क्लब रहनेछ।

प्रतिक्रिया दिनुहोस