आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गण्डकीलाई


  • समाचार कुञ्ज
  • २०८० फागुन १०, बिहिबार मा प्रकाशित २ साल अघि
  • १३ पाठक संख्या
  • नवलपुर । नवलपुरमा संचालित छैटौँ राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । जिल्लाको मध्यविन्दु नगरपालिका-२ स्थित राईनो रङ्गशालामा भएको प्रतियोगितामा नवलपुरको अठ्ठाइस बिघा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि गण्डकी प्रदेशले जितेको हो।

    बुधबार भएको फाइनल खेलमा पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको खेल सुरु भए लगतै खेलको ४७ औँ मिनेटमा गण्डकी प्रदेशका जर्सी नम्बर ६ का खेलाडी मुकुन्द न्यूरेले पहिलो गोल गरि आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ५५ औँ मिनेटमा गण्डकीका खेलाडी मुकुन्द न्यूरेले पुनः गोल गर्दे आफ्नो टिमको अग्रता दोब्बर बनाएका थिए ।

    अठ्ठाइस बिघा क्लबका जर्सी नम्बर दुईका खेलाडी एन्जल महर्जनले आफ्नो टिमका लागि खेलको ७० औँ मिनेटमा पहिलो गोल गरेका थिए । त्यसपछि कुनै गोल हुन नसकेपछि गण्डकीले जित निकालेको हो ।

    जितसँगै गण्डकी प्रदेशले उपाधि सहित रु. ८ लाख पुरस्कार प्राप्त गरको गरेको छ । उप विजेता बनेको अठ्ठाइस बिघा क्लबले रु. ४ लाख पुरस्कार प्राप्त गरेको छ । गैँडा संरक्षणको सन्देश दिने उद्देश्यले बीस वर्ष अघिदेखि राईनो संरक्षण गोल्ड कप प्रतियोगिता हुँदै आएको छ । छैटौँ संस्करणको प्रतियोगितामा नेपाल आर्मी , सशस्त्र प्रहरी र नेपाल प्रहरीको टिम , लुम्बिनी , बागमती र गण्डकी प्रदेश , मछिन्द्र , संकटा लगायत १२ वटा टिम सहभागी रहेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट