आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

ऋषिङमा आजदेखि चौथो अध्यक्ष कप भलिबल प्रतियोगिता: उपाधि राशी एक लाख ८७ हजार


  • समाचार कुञ्ज
  • २०८० फागुन १३, आईतबार मा प्रकाशित २ साल अघि
  • ८ पाठक संख्या
  • दमौली : तनहुँको ऋषिङ गाउँपालिकाले अन्तर पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता यही आज देखि हुने भएको छ । स्थानीय पर्यटकीयस्थलको प्रचारप्रसार र प्रवर्धन गर्ने उद्देश्यसहित गाउँपालिकाले भलिबल प्रतियोगिता आयोजना गरेको पालिकाले जनाएको छ ।

    गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार भोलि फागुन १३ देखि सञ्चालन हुने पालिकास्तरीय पालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको विजेताले एक लाख ८७ हजार, उपविजेताले एक लाख २० हजार, तेस्रो हुनेले ५४ हजार र सान्त्वना हुनेले १३ हजार ५ सय सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    यस्तै विधागततर्फ उत्कृष्ट खेलाडी,उत्कृष्ट सर्भर, ब्लकर, सेटर, लिब्रो, स्पाइकर र प्रशिक्षकले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भोलि देखि संचालन हुने प्रतियोगितामा ९ टिमको सहभागी रहेको  गाउँपालिकाका प्रवक्ता विजय दरैले बताए  ।

    ऋषिङ गाउँपालिका -४ स्थित महेन्द्र ज्योति प्राथमिक विद्यालयको खेलमैदानमा उक्त भलिबल प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट