आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

घिरिङमा सातौँ : अध्यक्ष कप भलिबल प्रतियोगिता हुदैँ 


  • समाचार कुञ्ज
  • २०८० फागुन १७, बिहिबार मा प्रकाशित २ साल अघि
  • ८ पाठक संख्या
  • समर रानाभाट , फागुन , १६ 

    घिरिङ गाउँपालिका  "सातै अध्यक्ष कप २०८० " वडा स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ।गाउँपालिकाको पाँच वटा वडाबाट १५ टिमको सहभागी हुने आयोजकले जानकारी दिएको छ । जसमा पुरूष तर्फ एउटा वडा बाट दुई टिम र एक टिम महिला गरि तिन टिम सहभागी हुनेछ भने जनप्रतिनिधि र कर्मचारी  बिच पनि मैत्रीपुर्ण खेल हुने आयोजकले जनाएको छ ।

    घिरिङ गाउँपालिका युवा खेलकुद विकास समितिको आयोजना  , घिरिङ गाउँपालिकाको आर्थिक सहयोगमा फागुन २० गतेदेखि २१ गते  सातौ अध्यक्ष भलिबल प्रतियोगिता  घिरिङ गाउँपालिकाको  खेलमैदानमा हुने भएको हो । 

    प्रतियोगिताको बिजेता टिमले नगद ७५००० हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप बिजेता टिमले नगद ५५००० हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।त्यस्तै तृतीय टिमले नगद ३५००० हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

    महिला तर्फ प्रतियोगिताको बिजेता टिमले नगद ४५००० हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप बिजेता टिमले नगद ३५०००हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।त्यस्तै तृतीय टिमले नगद २५००० हजार रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

    प्रतियोगिताको बेस्ट प्लेयरले ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने साथै बेस्ट सर्भर, बेस्ट ब्लकर,बेस्ट सेटर,बेस्ट स्पाइकर र बेस्ट डिफेन्डरलाई सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेलकुद विकास समितिले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट