
समाचार कुञ्ज निराज रानाभाट, काठमाडौं : ‘ मार्पाक प्रिमियर लिग ( एमपिएल ) फुटसल प्रतियोगिता – २०८० ’ को १३ औं संस्करण चैत १० गते, शनिबार ( भोलि ) काठमाडौंमा हुने भएको छ । नेत्रावती डवजोङ्ग गाउँपालिका ब्यापी फुटसल प्रतियोगिता काठमाडौंको भत्केपुलस्थित फ्रेन्डस स्टार फुटसलमा हुने छ, भने प्रतियोगिता बिहान ०८:०० बजेदेखि शुरु हुने छ ।
नेत्रावती डवजोङ्ग गाउँपालिका भित्रका ५ वटै वडाका टिमहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण – पत्र प्राप्त गर्ने छ, भने उप – विजेताले नगद ७ हजार रुपैयाँ, मेडल र प्रमाण – पत्र प्राप्त गर्ने छ ।
त्यसैगरी, उत्कृष्ठ गोलकिपर, फरवार्ड र डिफेन्सलाई नगद सहित मेडल र प्रमाण – पत्र प्रदान गरिने आयोजकले जनाएको छ । एन्फा रेफ्रिद्वारा लिग कम नक आउटको आधारमा संचालन गरिने छ । प्रतियोगिताको आयोजक मार्पाक भेट्रान्स फुटसल टिम र सह – आयोजक मार्पाक सामुदायिक क्लब ( सिसिएम ) रहेको छ । उक्त प्रतियोगिताको टिभी पार्टनरमा दिब्यदर्शन टेलिभिजन, एफएम पार्टनरमा निलकण्ठ एफ.एम. साथै अनलाइन मिडिया पार्टनरहरुमा जन अपडेट, धादिङ सन्चार, भिजन न्यूज नेपाल र धादिङ पोष्ट रहेको लिग संयोजक फणिन्द्र गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस