आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नेपाल यू–२० साफ च्याम्पियनसिपको उपविजेता


  • समाचार कुञ्ज
  • २०८१ भाद्र १२, बुधबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • २० बर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल उपविजेता बनेको छ ।

    फाइनलमा बंगलादेशसँग ४–१ ले पराजित भएपछि नेपाल उपविजेतामा सिमित भएको हो । ललितपुरको सातदोबाटोमा भएको खेलमा बंगलादेशलाई जिताउन मिजारुल इस्लामले दुई तथा रवि हुसेन राहुल र मोहम्मद नोभाले गोल गर्नुभयो । नेपालका लागि समिर तामाङले सान्त्वना गोल फर्काउनुभयो ।

    एकै समुहमा रहेको बंगलादेशलाई समुह चरणको खेलमा हराए पनि फाइनलमा बंगलादेशले त्यसको बदला लिँदै उपाधि उचालेको हो । अपराजित रहँदै फाइनल पुगेको नेपाल फाइलनमा भने पराजित भयो । बंगलादेशले यस प्रतियोगिताको उपाधि जितेको यो पहिलो पटक हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट