आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

तीजको अवसरमा भलिबल खेलाडी उषा भण्डारीलाई सम्मान गर्ने


  • समाचार कुञ्ज
  • २०८१ भाद्र २०, बिहिबार मा प्रकाशित १ साल अघि
  • १० पाठक संख्या
  • दुलेगौंडा, २० भदौ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति वडा नं. ४ ले राष्ट्रिय भलिबल खेलाडी उषा भण्डारीलाई सम्मान गर्ने भएको छ । भलिबल खेलमार्फत तनहुँको खेल प्रवद्धनका पु¥याएकोमा भण्डारीलाई सम्मान गर्न लागिएको वडा व्यवस्थापन समिति सभापति प्रकाश थापाले जानकारी दिए । खेलाडी भण्डारी भिमादकी हुन् । 

    हिन्दु नारीको महान पर्व हरितालिका तीजको अवसरमा आयोजित खुल्ला तीज गीत प्रतियोगिताको अवसरमा उनलाई सम्मान गर्न लागिएको हो । प्रतियोगिता शुक्रवार दुलेगौंडास्थित विपीचोकमा हुदै छ । प्रतियोगिता संयोजक पार्वती पौडेलका अनुसार कार्यक्रमको तयारीलाई तिव्र पारिएको छ । प्रचार प्रसार, पत्राचार, आर्थिक संकलन, समुह दर्ता लगायतका कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिइन् । 
     

    प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, द्धितीय पुरस्कार १५ हजार, तृतीय पुरस्कार  १० हजार र सान्त्वना पुरस्कार ३ हजार रुपैया साथमा प्रमाणपत्र पाउने समितिका सचिव बालकृष्ण विकले जानकारी दिए । प्रतियोगतामा सहभागी उत्कृष्ट नाँच र पोशाकलाई नगद ३ हजार समेत दिने सचिव विकले बताए । हरेक बर्ष दुलेगौंडामा आयोजना गरिने तीज गीत प्रतियोगिताको निरन्तरताको रुपमा प्रतियोगिता आयोजना गरिएको उनले बताए बताए  । कार्यक्रममा चर्चित कलाकार पुजा पुरीको प्रस्तुती समावेश गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट