आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

बौंदीकाली गाउँपालिका बन्यो प्रदेश च्याम्पियन


  • समाचार कुञ्ज
  • २०८१ भाद्र ३१, सोमबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • काठमाडौं । पोखरामा सम्पन्न प्रथम सुवाचन्द्र नेम्बाङ स्मृति गण्डकी प्रदेशस्तीय भलिबलको उपाधि बौंदीकाली गाउँपालिकाले हात पारेको छ ।

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनद्वारा आयोजित प्रतियोगिताको फाइनलमा बौंदीकाली गाउँपालिकाले विन्देश्वरी ठाँटी क्लबलाई पराजित गर्दै च्याम्पियन बनेको हो ।

    सोमबार सम्पन्न फाइनलमा बौंदीकालीले ३–० को सोझोसेटमा विन्देश्वरीलाई हराएको हो ।

    प्रतियोगिताकै उत्कृष्ट खेलाडी बौंदीकालीका सरोज बर्देवा घोषित भए भने उत्कृष्ट कोच बौंदीकालीकै सागर विष्ट घोषित भए ।

    उपाधि विजेता बौंदीकाली गाउँपालिकाले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफि र शिल्ड पाएको छ भने उपविजेता बनेको विन्देश्वरी ठाँटीले ७१ हजार १ सय ११ रुपैयाँ, ट्रफि र शिल्ड पाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट