
समाचार कुञ्ज सागर पोख्रेल
असोज ६, कावासोती
राईनो संरक्षण गोल्डकप प्रतियोगिता–२०८१को सातौं सस्करण आगामी कार्तिक ३ गते देखी संचालन हुने भएको छ । २२ वर्ष अघिदेखि राईनो संरक्षण गोल्ड कप प्रतियोगिता नामबाट शुरु भएको राईनो संरक्षण गोल्डकप–२०८१को सातौं संस्करणमा पहिलो पटक छिमेकी मुलुक भारतबाट एक टिम सहभागी हुने क्लवका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारी दिनुभयो ।भारतको मणीपुरको इमफल सिटी फुटबल क्लव पहिलो पटक राईनो संरक्षण गोल्डकपमा सहभागी हुन लागेको हो ।
गैँडा संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले नवलपुरको मध्यविन्दु २ कोल्हुवाको राईनो रङ्गशालामा हुने राष्ट्रिय स्तरको राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सातौ संस्करण आगामी कार्तिक ३ गतेबाट हुने भए सगै तयारी तिब्र पारिएको छ ।राष्ट्रिय स्तरको राईनो संरक्षण गोल्डकप फुबल प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न राईनो क्लबको नियमित बैठक बस्ने र विभिन्न उप समिति निर्माण गर्ने कार्यलाई तिब्रता दिईएको क्लवका अध्यक्ष भण्डारीले बताए ।
एक सिगेँ गैडाको संरक्षणको सन्देश दिने उद्देश्यले २२ वर्ष अघिदेखि राईनो संरक्षण गोल्ड कप प्रतियोगिता हुँदै आएको छ । राईनो संरक्षण फुटबल प्रतियोगिताको छैटौं संस्करणमा विभागीय टिम, राष्ट्रिय स्तरका क्लव सहित १२ वटा टिम सहभागी रहदै आएको छ । प्रतियोगितामा विजेता हुनेले नगद रु ८ लाख प्रमाण पत्र र ट्रफि प्राप्त गर्ने छन भने उप विजेताले नगद रु ४ लाख , ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छ । खेल अवधि भर हरेक दिन उत्कृष्ट खेल प्रर्दशन र्ने खेलाडी मध्यबाट म्यान अफ दि म्याच धोषणा गरीने छ ।
त्यस्तै समापनको अवसरमा सर्वाधिक गोल कर्ता, उत्कृष्ट खेलाडीलाई समेत नगद राशी सहित सम्मान गरीने छ । नवलपुरलाई खेलको माध्यमबाट चिनाउने साथै गैँडा संरक्षणको सन्देश दिन प्रतियोगिता गरिदै आएको आयोजक राईनो क्लबका सचिब बद्री नेपालले बताए । सातौं संस्करण सफल बनाउन संरक्षणकर्मी, सरोकारवाला निकाय, संघ, प्रदेश र स्थानिय पालिकाहरुलाई आग्रह समेत गरेका छन । खेल अवधिमा खेल अवलोकनमा लागी सहजताको लागी गोल्डेन पासको व्यवस्था गरीएको छ । प्रत्येक दर्शकले रु १ हजारमा गोल्डन पास खरीद गरे सगै हरेक दिनको निःशुल्क अवलोकन गर्न पाउने व्यवस्था गरीएको छ ।
गोल्डन गेट पास खरीद कर्ताहरुबाट फाईनल खेलमा गोल प्रथाद्धारा २ जनालाई एन्ड्रोइड मोबाईल प्रदान गरीने भएको छ ।

प्रतिक्रिया दिनुहोस