
समाचार कुञ्ज असोज १७, कावासोती ।
कावासोती १७ मा जारि दोस्रो सेभेन “ए” साइड खुल्ला फुटबल प्रतियोगितामा आयोजक सि ले चन्द्रमुखि युवा क्लब अमलटारीलाई पराजित गरेको छ ।महान चाड(पर्व) विजयादशमीको अवसर पारि नवलपरासि(वर्दघाट सुुस्ता पूर्व)नवलपुरको कावासोति १७ मा रहेको सुर्योदय क्लबले दोश्रो सेभेन “ए” साइड खुल्ला फुटबल प्रतियोगिताको आयोजना गरेको हो ।
हिजोबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सिलाई मनोज गुरुङ्गले गरेको २ गोलले विजयि बनाएको हो । चन्द्रमुखिका गणेश कुमालले १ गोल फर्काएका थिए ।
कावासोती १७ का वडा अध्यक्ष चुरामनि थनेतको प्रमुख आतिथ्यता एवं शैक्षिक व्यक्तित्व एवं रेडियो कावासोतीका प्रबन्ध संयोजक भोजराज दाहालको विषेश आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा कुमारवर्ती खानेपानी तथा सरसफाई उपभोक्ता समतिका अध्यक्ष रामकृष्ण ढुङ्गाना, क्लबका संस्थापक एवं संरक्षक कमल पौडेल, सरस्वती मा.वि. गोछडाका प्रध्यानाध्यापक फणिन्द्र पौडेल, टेन स्टार क्लबका कोषाध्यक्ष केदारनाथ पौडेल, कोल्हुवा प्रहरी चौकिका प्रमुख सहित विभिन्न संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै शैक्षिक व्यक्तित्व दाहालले समाजको नकारात्मकतालाई चिर्न खेल एउटा उपयुक्त माध्याम रहेको भन्दै युवा वर्गको सकारात्मक व्यक्तित्व विकाससँगै भोलिकालागि राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडि उत्पादनमा यस कार्यक्रम सफल सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै वडा १२ का अध्यक्ष थनेतले सुर्योदय युवाक्लबले आयोजना गरेको फुटवल प्रतियोगिताको प्रशंसा गर्दे, युवाहरुले आयोजना गर्ने यस किसिमका कार्यमा वडा कार्यालयले सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।क्लबका अध्यक्ष रोशन दराईको अध्यक्षतामा भएको उद्घाट सत्रको क्लबका सल्लाहाकार टक बहादुर वि.क.ले सहजिकरण गर्नुभएको थियो ।
प्रतियोगितामा आज कुढौलि युवा क्लब र सिर्जनशिल एफसि कावासोती विच प्रतिस्पर्धा हुने छ ।युवा वर्गलाई खेलकुदमा लाग्न प्रेरित गर्ने उद्येश्य सहित आयोजना गरिएको प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३० हजार ५ सय ५० र उपबिजेता टिमलाई नगद १५ हजार ५ सय ५० सहित विजयि दुवै टिमलाई ट्रफी र मेडल प्रदान गरिने खेल संयोजक दान बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट गोलरक्षकलाई समेत पुरस्कारको व्यवस्था रहेको क्लबका अध्यक्ष रोशन दराईले बताउनु भयो ।
प्रतियोगिता कावासोती १७ गोछडामा रहेको सरस्वती माध्यमिक विद्यालयको खेलमैदानमा भैरहेको हो । प्रतियोगिताको मिडिया पार्टनर रेडियो कावासोती १०२.६ मेगाहर्ज रहेको छ ।

प्रतिक्रिया दिनुहोस