
समाचार कुञ्ज
कावासाेति, कार्तिक ४
नवलपुरकाे मध्यविन्दु -२ काेल्हुवामा कार्तिक ३ गते देखि शुरु भएकाे राईनाे संरक्षण गाेल्डकप फुटबल प्रतियोगितामा अाईबार भएकाे खेलमा टाईवेकरमा ५-४ गाेल अन्तरले कपिलवस्तु ११ विजयी भएकाे छ ।
निर्धारित समयमा दुबै टिमबाट गाेल हुन नसकेपछि खेल टाईवेकरमा एककाे थियाे ।
टाईवेकरमा विरगन्ज युनाईटेड क्लवका जर्सि न २७ का खेलाडी विशाल गुरुङकाे प्लेन्टि सुट अाउटलाई कपिलवस्तु ११ का गाेल्डकिप्पर अाशिस जि सि ले राेके सगै टाईवेकरमा कपिलवस्तु ११ बिजयि भएकाे थियाे ।
अाजकाे खेलमा कपिलवस्तु ११ का जर्सि नम्बर १९ जर्सिका सवि गुरुङ भएका छन । मेन अफफ द म्याच नगद रु ५ हजार प्राप्त गरेका थिए ।
भाेलिकाे खेल फर्सिटिकट युथ क्लव र नमुना युथ क्लव कावासाेतिबिच हुने भएकाे छ ।
साताै अन्तर्राष्ट्रिय अामन्त्रित राईनाे संरक्षण गाेल्डकप फुटबल प्रतियोगितामा विजेताले नगद रु ८ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन भने उप विजेताले नगद रु ४ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन ।

प्रतिक्रिया दिनुहोस