आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

राईनाे संरक्षण गाेल्डकप फुटबल प्रतियोगिता अन्तरगत अाज भएकाे खेलमा नमुना युवा क्लव, कावासाेति विजयि


  • समाचार कुञ्ज
  • २०८१ कार्तिक ५, सोमबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • राईनाे संरक्षण गाेल्डकप फुटबल प्रतियोगिता अन्तरगत अाज भएकाे खेलमा नमुना युवा क्लव, कावासाेति विजयि
    कावासाेति, कार्तिक ५
    नवलपुरकाे मध्यविन्दु -२ काेल्हुवामा जारि राईनाे संरक्षण गाेल्डकप फुटबल प्रतियोगिता अन्तरगत साेमबार भएकाे खेलमा टाईवेकरमा ५-३ गाेल अन्तरले नमुना युवा क्लव, कावासाेति विजयी भएकाे छ ।
    खेलकाे पहिलाे हापमा दुबै टिमबाट गाेल हुन सकेन । खेलकाे दाेस्राे हापकाे १५ अाै मिनेटमा फर्साटिकट रुपन्देहीकाे तर्फबाट जर्सि न १० का खेलाडी शिव सुवेदिले पहिलाे गाेल गरेका थिए । 
    जवाफि गाेल भने कालिका युवा क्लवकाे तर्फबाट दाेस्राे हापकाे २५ मिनेटमा जर्सि नम्बर ११ का विदेशि मुलका खेलाडी रिचार्ड वल्सनले गरेका थिए ।
    निर्धारित समयमा दुबै टिम बाट १-१ गाेल भए सगै खेल  टाईवेकरमा गएकाे थियाे ।
    टाईवेकरमा नमुना युवा क्लव कावासाेति ५-३ गाेल अन्तरले विजयि भयाे ।
    अाजकाे खेलमा नमुना युवा क्लवका जर्सि नम्बर ४ का पदम भट्टराई  म्यान अफ द म्याच धाेषित भए । मेन अफ द म्याच नगद रु ५ हजार प्राप्त गरेका थिए  ।
    भाेलिकाे खेल नमाे: बुद्ध युवा क्लव सप्तरि र चित्लाङ एफ. सि. काठमाडौ  बिच हुने भएकाे छ ।
    साताै अन्तर्राष्ट्रिय अामन्त्रित राईनाे संरक्षण गाेल्डकप फुटबल प्रतियोगितामा विजेताले नगद रु ८ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन भने उप विजेताले नगद रु ४ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट