आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

ता अन्तर्गत पहिलाे क्वटर फाईनलमा खेलमा देशभक्त फुटबल क्लव विजयि, 


  • समाचार कुञ्ज
  • २०८१ कार्तिक ७, बुधबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • कावासाेति, कार्तिक ७
    नवलपुरकाे मध्यविन्दु -२ काेल्हुवामा जारि राईनाे संरक्षण गाेल्डकप फुटबल प्रतियोगिताकाे पहिलाे क्वाटर फाईनलमा संकटालाई ३-१ ले हराउदै देशभक्त फुटबल क्लव विजयी भएकाे छ ।
    खेलकाे पहिलाे हापकाे ३२अाै मिनेटमा देशभक्त फुटबल क्लवकाे तर्फबाट जर्सि न. ११ का खेलाडी फागुराम थारुले पहिलाे गाेल गरेका थिए । 
    पहिलाे हाफकाे ईन्जुरि समयमा संकटाकाे तर्फबाट जवाफि गाेल गरेका थिए । संकटाकाे तर्फबाट जर्सि नम्बर १८ का  खेलाडी चन्दन दासले गरेका थिए ।
    खेलकाे दाेस्राे हापकाे ७ मिनेटमा देशभक्त फुटबल क्लवका जर्सि न २ का खेलाडी सकिन गुरुङले गाेल गरे सगै देशभक्त २-१ ले अग्रता लियकाे थियाे । 
    दाेस्राे हाफकाे ईन्जुरि समयमा देशभक्त फुटबल क्लवका १४ नम्बर जर्सिका खेलाडि फागुराम थारुले पुन गाेल गरेको थिए ।
    देशभक्त फुटबल क्लवले चितवनकाे हनामिलाई हराउदै क्वाटर फाईनल प्रवेश गरेकाे थियाे ।
    दाेस्राेमा संकटाका जर्सि नम्बर ४ का मनिस मगरले राताे काड पाएर मैदान बाहिरिएका थिए ।
    अाजकाे खेलमा देशभक्त फुटबल क्लवका जर्सि नम्बर १४ का अमित भुजेल म्यान अफ द म्याच धाेषित भए । मेन अफ द म्याच भुजेलले नगद रु ५ हजार प्राप्त गरेका थिए  ।
    राईनाे संरक्षण गाेल्कप फुटबल प्रतियोगिता अन्तर्गत बिहिबार दाेस्राे क्वाटर फाईनल अन्तरगत नेपाल पुलिस स्पाेर्ट  र कपिलवस्तु ११ बिच हुने भएकाे छ ।
    साताै अन्तर्राष्ट्रिय अामन्त्रित राईनाे संरक्षण गाेल्डकप फुटबल प्रतियोगितामा विजेताले नगद रु ८ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन भने उप विजेताले नगद रु ४ लाख मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट