आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

भारत फर्किए शिखर धवन


  • समाचार कुञ्ज
  • २०८१ मंसिर २४, सोमबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम कर्णाली याक्सले भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वओपनर शिखर धवनलाई बिदाइ गरेको छ। सोमबार स्वदेश फर्कन लागेका धवनलाई कर्णाली याक्सका व्यवस्थापक, प्रशिक्षक र खेलाडीहरूले बिदाइ गरेका हुन्। कर्णाली याक्सको टिम बसेको होटल हिल्टनमा टिमका खेलाडीहरूले धवनसँग बिदाइ भेट गरेपछि उनी त्रिभुवन विमानस्थल पुगेर भारत फर्किएका हुन्।  शिखर धवन एनपिएलमा कर्णाली याक्सबाट कम्तिमा चार खेल खेल्ने सम्झौता गरेर नेपाल आएका थिए। कर्णालीले चौथो खेल आइतबार खेलेको थियो। शिखरले बाँकी खेलमा घुँडाको समस्याका कारण खेल्न नसक्ने बताएपछि कर्णालीले बिदाइ गरेको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट