आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

कावासोतीमा पुस ५ गतेदेखि सातौं नगरस्तरीय फुटबल प्रतियोगिता हुने


  • समाचार कुञ्ज
  • २०८१ पौष १, सोमबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • देवचुली । कावासोती नगरपालिकामा पुस ५ गतेदेखि सातौं नगरस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । कावासोती नगर खेलकुद समितिको आयोजना तथा कावासोती नगरपालिका वडा नम्बर १ को कार्यालय एवं छहारी युवा क्लबको समन्वयमा पुस ५ गतेदेखि १५ गतेसम्म नगरस्तरीय फुटबल प्रतियोगिता हुने भएको हो ।

    कावासोती नगरपालिकाका १७ वडाबीच प्रतिष्पर्धा हुने प्रतियोगितामा प्रथम हुने वडाले नगद ५० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उप बिजेता हुने वडाले नगद ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरि प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र सवोकृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था रहेको कावासोती नगर खेलकुद विकास समितिका अध्यक्ष ध्रुव खनालले जानकारी दिनुभयो । नगरमा खेलाडीहरु उत्पादन गर्न र खेलाडी क्षमता प्रस्फुटन गर्ने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।

    प्रतियोगिताको पुस ५ गते कावासोती १ को वडा कार्यालय नजिक रहेको खेलमैदानमा कावासोती ३ र कावासोती ७ बीच उदघाटन खेल हुने साथै प्रतियोगिताको कावासोती नगरपालिकाका नगर प्रमुख विष्णुप्रसाद भुसालले उदघाटन गर्नुहुने आयोजकले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट