आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

इन्द्र ज्योति युवा क्लव चपाहा हुप्सेकोटमा टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता जारी । 


  • समाचार कुञ्ज
  • २०८१ पौष १५, सोमबार मा प्रकाशित १ साल अघि
  • १० पाठक संख्या
  • प्रिय धन , हुप्सेकोट , १५  पुस २०८१ । 
    पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका २ चपाहामा भलिबल प्रतियोगिता जारी छ । क्रिसमस डे को अवसर पारेर इन्द्र ज्योति युवा क्लव चपाहाले आयोजना गरेको टोल स्तरीय पुरुष भलिबल प्रतियोगिता अन्तर्गतका खेलहरु संचालन भएका हुन् । प्रतियोगितामा २२ टिम सहभागी भएको खेल संयोजक सुनिल मल्ल ठकुरीले जानकारी दिनुभयो । 
    स्थानीय स्तरमा रहेका संभावित खेलाड़ीहरुको प्रतिभा पहिचान गरी आयोजना गरिएको खेलले भातृत्व प्रदान गरी खेलाड़ीलाई थप हौसला मिल्ने क्लवका अध्यक्ष तिर्थ मल्ल ठकुरी ( विशाल ) ले बताउनुभयो । 
    बालहित आधारभूत विद्यालय हुप्सेकोट २ चपाहाको प्रांगणमा संचालन भईरहेको भलिबल प्रतियोगितामा प्रथम हुने टोललाई नगद ३० हजार रुपैयाँ , द्वितीय हुने टोललाई २० हजार रुपैयाँ र तृतीय हुने टोललाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने पनि आयोजक इन्द्र ज्योति युवा क्लवले जनाएको छ । 
    हुप्सेकोटमा मौसम र माटो सुहाउँदो खेल भलिबल भएकाले पनि विगत ४० वर्षदेखि निरन्तर भलिबल प्रतियोगिता भईरहेको बालहित आधारभूत विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पाण्डेले बताउनुभयो । बिक्रम संवत २०४१ सालमा बालहित प्राथमिक विद्यालय स्थापना भएको अवसरमा तत्कालीन  विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष भिम बहादुर सिंह ठकुरीको पहलमा भलिबल खेलाईएको हालका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन बहादुर मल्ल ठकुरीले बताउनुभयो । 
    सोमबार भएको पहिलो चरणको खेलमा  कोलियालाई हराउँदै आयोजक विजयी भएको छ भने दोस्रो खेलमा मझुवा र अम्रसाबीच १/१ सेट विजयी भएपछि तेस्रो सेट भने अंध्यारो भएका कारण मंगलबार पुन: खेलाईने आयोजकले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट