आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

सातौं कुलुङ कप-२०८१: गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुँदै


  • समाचार कुञ्ज
  • २०८१ माघ २४, बिहिबार मा प्रकाशित १ साल अघि
  • १२ पाठक संख्या
  • माघ २४गते २०८१ बिहीबार 
    तनहुँ ।  तनहूँको व्यास नगरपालिका वडा न: १४ कुलुङमा  सातौं कुलुङ कप-२०८१ अन्तर्गत गाउँ तथा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।  श्री छाब्दी बाराही लाङघाली युवा क्लबको आयोजनामा  आगामी फागुन ८ देखि १० गतेसम्म तीन दिन सञ्चालन हुने लागेको हो । 
    प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हाँसिल गर्ने समूहलाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। नगदमा प्रथम पुरस्कार रु. ५५ हजार , दोस्रो पुरस्कार रु. ३३ हजार र तेस्रो पुरस्कार रु. २० हजार रहेको छ । यस्तै उत्कृष्ट खेलाडी अन्तर्गत  उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट ब्लकरलाई पुरस्कार व्यवस्था गरिएको छ भने अनुशासित तिमीलाई पनि विशेष पुरस्कार प्रदान गरिनेछ।
    कार्यक्रमको आकर्षणका रुपमा नेपाली लोक संस्कृति झल्कने कौरा नाच, भङ्गारे  झ्यारे नाच र सोरोठी नाच लागायतका विविध मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिनेछ। हिमश्रृङ्खलाको दृश्य अवलोकन गर्दै अर्गानिक खानाको परिकार खाना पाइने छ ।
    आयोजकका अनुसार भलिबल खेलमा १ जना बाहिरी खेलाडी समावेश गर्न पाउने छ ।  खेलाडीहरुले आफ्नो सक्कली परिचय पत्र देखाएर मात्र प्रतियोगितामा सहभागी हुन पाउने छन् । यस्तै खेल राष्टिय रेफ्रिद्वारा टि.टि. सिस्टममा खेलाईने छ भने प्रतियोगीतामा आयोजकको निर्णय नै अन्तिम निर्णय हुने आयोजकले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट