आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नेपालले अर्को वर्ष दुई वटा काभा भलिबल आयोजना गर्ने


  • समाचार कुञ्ज
  • २०८१ चैत्र ८, शुक्रबार मा प्रकाशित ११ महिना अघि
  • ८ पाठक संख्या
  • चैत ०८ शुक्रबार २०८१
    काठमाण्डौ – सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) का दुई अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने भएका छन् ।काभाले हिजो सार्वजनिक गरेको सन् २०२५ को क्यालेण्डरमा १२ वटा भलिबल र पाँच वटा बिच भलिबल गरि १७ वटा प्रतियोगिता समावेश छन् । त्यसमध्ये दुई अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा हुने उल्लेख छ ।नेपालले काभा महिला भलिबल नेसन्स लिग र काभा महिला च्याम्पियन्स लिग आयोजनाको जिम्मेवारी पाएको छ ।काभा महिला नेसन्स लिग आउँदो वर्ष २०८२ असोज २५ देखि ३१ गते (अक्टोबर ११ देखि १७ ) सम्म सन्चालन हुनेछ ।यस्तै काभा महिला च्याम्पियन्स लिग आउँदो वर्ष मङ्सिर १५ देखि २१ गते (डिसेम्बर १ देखि ७ ) सम्म आयोजना हुनेछ । यसअघि नेपालले यो वर्ष महिला नेसन्स लिग र पुरुष क्लब च्याम्पियनशिप आयोजना गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट