
समाचार कुञ्ज बैशाख -२९
बुद्ध जयन्ती तथा चण्डी पूर्णिमा मेलाको अवसरमा नयाँटार युवा क्लबको आयोजनामा भएको शुद्ध साविक वडा स्तरीय पुरुष भलिबल प्रियोगितामा राम्जाकोट युवा क्लब प्रथम भएको छ । 
द्वितीय हुन सफल सिउन युवा क्लब ,तृतिय आयोजक भएका छन्। यस्तै वेस्ट स्पाइकर अमृत गेलाङ र वेस्ट सेटर मिलन गाहा मगरले पाएका छन्। घिरिङ गाउँपालिका -४ नयाटार स्थित वैशाख २५ देखि २९ सम्म संचालन भएको सो मेलाको सोमबार समापन कार्यक्रम गरी प्रथम, द्वितीय र तृतीय विजेतालाई क्रमश ३३ हजार, २३ हजार र १३ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। उनीहरुलाई घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाको हात बाट पुरस्कार वितरण गरिएको हो। 
यस्तै कार्यक्रममा वडा नं ४ का अध्यक्ष भीम बहादुर कुमाल, कार्यपालिका सदस्य रिमा कुमाल, एमाले घिरिङ गाउँ कमिटी अध्यक्ष सुमन कुमार श्रेष्ठ लगायतले बोल्नु भएको थियो। साथै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगी दाताहरु लाई पनि सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस