
समाचार कुञ्ज दुलेगौंडा, १५ जेठ ।
तनहुँको शुक्लागण्डकी नगरपालिकामा आजदेखि एसइइ कप भालिबल प्रतियोगिता आयोजना हुने भएको छ । शुक्ल गण्डकी युवा क्लवको आयोजना र पञ्चमुनिदेव माविको सह–आयोजनामा हुने प्रतियोगिता शुक्रवार सकिने छ । कक्षा १० को परिक्षा दिएर बसेको छात्र र छात्राहरुको लागि छुट्टाछुट्टै प्रतियोगिता आयोजना हुने आयोजक क्लवका निवर्तमान अध्यक्ष युवराज भट्टराईले जानकारी दिए । उनले प्रतियोगिता मार्फत विभिन्न स्थानमा रहेको खेलप्रेमि विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन हुनुका साथै विद्यार्थीबीच भाइचाराको सम्वन्ध स्थापित गर्न महत्वपूर्ण हुने विस्वास ब्यक्त गरे । पञ्चमुनीदेव माध्यमिक विद्यालयको खेल प्राङ्गण आयोजना हुने प्रतियोगितामा प्रथम र द्धितीय हुने समुहले छात्र तर्फ क्रमश ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने छात्रा तर्फ प्रथम र द्धितीय हुने समुहले क्रमस १० हजार र पाँच हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभर उत्कृष्ट खेल कौशल प्रदर्शन गर्ने खेलाडीलाई ‘राइजिङ्ग प्लेयर’ अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । गणतन्त्र दिवसका अवसर पारेर आयोजना गरिएको प्रतियोगिता क्लवले दोस्रो पटक आयोजना गरेको हो । प्रतियोगितामा चार जिल्लाका ३० समुहले दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस