
समाचार कुञ्ज तिर्थराज काफ्ले
श्री चण्डेश्वरी माध्यमिक विद्यालय, कावासाेती १५ गाेडारका कक्षा १० मा अध्ययनरत मेहेनती र अनुशासित छात्र श्री प्रदिप महतोले १५ औं केन्द्रिय राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै गण्डकी प्रदेशलाई एक स्वर्ण पदक दिलाएका छन्।
प्रदिप महतोले पुरुष लङजम्प स्पर्धामा ६.७९ मिटरको उल्लेखनीय फड्को मार्दै स्वर्ण पदक जित्न सफल भएका हुन्। उनको यो विजयले गण्डकी प्रदेशलाई गौरवान्वित बनाउनुका साथै विद्यालयको नाम पनि उच्च बनाएको छ।
प्रदिप महतोको यो ऐतिहासिक उपलब्धिमा गर्व व्यक्त गर्दै सम्पूर्ण विद्यालय परिवारको तर्फबाट हार्दिक बधाई तथा आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शनको शुभकामना व्यक्त गरेको बिध्यालयका प्र.अ लक्षिमी न्याैपानेले बताउनु भयाे ।
उहाँले भनु भयाे "हाम्रो प्यारा विद्यार्थी प्रदिपले खेलकुदको माध्यमबाट प्रदेश र विद्यालय दुवैको नाम उजागर गर्नु अत्यन्तै सराहनीय छ," "हामी उनको उज्ज्वल भविष्यको कामना गर्दछौं।"
प्रदिपको सफलता सम्पूर्ण विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत बन्न पुगेको छ।

प्रतिक्रिया दिनुहोस