आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

अत्रौली युवा समाजको आयोजनामा महिला तथा पुरूष भलिबल प्रतियोगिता हुने 


  • समाचार कुञ्ज
  • २०८२ श्रावण ३०, शुक्रबार मा प्रकाशित ६ महिना अघि
  • ११ पाठक संख्या
  • साउन ३० 

    हरितालीका तीज तथा ऋषि पञ्चमीको पावन अवसरमा शुद्व साविक वडा स्तरीय U -१९ पुरूष तथा खुल्ला महिला भलिबल प्रतियोगिता  हुने भएको  छ । "युवा र खेलकुदलाई समर्थन – प्राचिन कला संस्कृतिको प्रवर्धन "भने मुल नाराका साथ अत्रौली युवा समाज घिरिङ -१ अत्रौलीको आयोजनामा यहि मिति २०८२भदौ १२   देखि १४ गतेसम्म  विभिन्न प्रतियोगिता हुने आयोजकले जनाएको छ । 

    टिम दर्ता शुल्क पुरूष तर्फ रू  २५०५ , खुल्ला महिला तर्फ रू १००५ , लाग्ने आयोजकले जनाएको छ । 

    प्रतियोगितामा पुरूष तर्फ प्रथम हुने टोलीले रु ३० हजार ,द्वितीय हुनेले रु २० हजार र तृतीयले रु १० हजार सिल्ड र प्रमाणपत्र पाउने छन् भने महिला तर्फ प्रथम हुने टोलीले रू १५ हजार, द्वितीय हुने रू १० हजार तृतीय हुने रू ५ हजार शिल्ड प्रमाणपत्र  पाउने छन् । 

    प्रतियोगितामा विभिन्न विद्यागत पुरस्कारहरू पुरूष तर्फ बेष्ट प्यलेयर,बेष्ट स्पाईकर,बेष्ट सेटर, बेष्ट ब्लकर ,बेष्ट डिफेन्डर , महिला तर्फ बेष्ट प्यलेयर,बेष्ट स्पाईकर,बेष्ट सेटर, रहेको छ ।

    यसैगरी तीज गीतमा सामुहिक तथा एकल नृत्यमा सहभागी हुने प्रथम ७ हजार, द्वितीय ५ हजार ,तृतीय ३ हजार प्रमाणपत्र पाउने छन् । कार्यक्रम संचालन हुने स्थान अत्रौली बायाटारी भलिबल खेल मैदान हुने छ । 

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट