आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

नेपालले आज -५ बजे बंगलादेशसँग खेल्दै


  • समाचार कुञ्ज
  • २०८२ कार्तिक ६, बिहिबार मा प्रकाशित ४ महिना अघि
  • १७ पाठक संख्या
  • काठमाडौं : काभा पुरूष नेसन्स कपमा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दैछ। खेल साँझ ५ बजे ढाकामा सुरु हुनेछ। नेपालले उद्घाटन खेलमा नेपालले तुर्किमेनिस्तानसँग हार ब्यहोरेको छ।

    बंगलादेशको मिरपुरमा बुधबार सुरू भएको प्रतियोगिताको पहिलो खेलमा नेपालविरूद्ध तुर्किमेनिस्तान सोझो सेटमा विजयी भएको हो। 

    नेपालले तुर्किमेनिस्तानलाई लगातार दबाबमा राखेपनि  पराजित भने। नेपालले पििलो सेट २५–२२ ले गुमायो।  दोस्रो सेटमा भने नेपालले आशारहित प्रदर्शन गर्यो। एक सय १६–१० ले पछि परेको नेपालले अट्याकमा शक्तिशाली प्रदर्शन गर्न नसक्दा २५–१८ ले पराजित भयो। तेस्रो सेटमा नेपाल २७–२५ ले पराजित भएको हो।

    १८ दिन अभ्यास गरेको नेपाल पदक जित्ने लक्ष्यसहित बंगलादेश गएको हो। प्रतियोगितामा ६ टोलीको सहभागीता छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट