आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

प्रथम कावासोती गोल्ड कप फुटबल प्रतियोगिता २०८२ भोलिदेखि, उद्घाटन खेल गण्डकी पुलिस र आयोजक कावासोती ‘ए’ बीच प्रतिस्पर्धा


  • समाचार कुञ्ज
  • २०८२ पौष ४, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • १९ पाठक संख्या
  • नवलपुर,पुष ४ ।
    ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित प्रथम कावासोती गोल्ड कप फुटबल प्रतियोगिता–२०८२ भोलिदेखि कावासोती १६ डण्डा मा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी पुलिस क्लब र आयोजक टिम कावासोती ‘ए’ आमनेसामने हुनेछन्।

    सनलाइट सामुदायिक विकास केन्द्रको आयोजनामा,कावासोती नगरपालिको प्रबद्र्धन तथा कावासोती नगरपालिका, वडा नं। १६ कार्यालय र नवलपुर जिल्ला फुटबल संघको समन्वयमा सञ्चालन हुन लागेको प्रतियोगितामा देशभरका १२ उत्कृष्ट टिम सहभागी हुनेछन्। खेलहरू कावासोती–१६, डण्डा बजारस्थित सनलाइट सामुदायिक विकास केन्द्रको खेल मैदानमा सञ्चालन हुनेछ।

    प्रतियोगिता २०८२ पौष ५ गतेदेखि १६ गतेसम्म चल्ने आयोजक संस्थाका अध्यक्ष तेज नारायण अर्यालले जानकारी दिनुभयो । प्रतियोगिताको विजेता टिमले रु। ३ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले रु। १ लाख ५० हजार प्राप्त गर्नेछन्। साथै सेमिफाइनलमा पुग्ने दुई टिमलाई जनही रु। २५र२५ हजार प्रदान गरिने खेलका आर्थिक संयोजक तेज बहादुर केसीले जानकारी दिनुभयो।

    आयोजकका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीको क्षमता अभिवृद्धि, युवालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै कावासोती क्षेत्रमा खेल पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

    उद्घाटन खेल हेर्न खेलप्रेमी दर्शकहरूलाई मैदानमा उपस्थित भई खेलाडीहरूको हौसला बढाउन आयोजकले आग्रह गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट