आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

भिमादमा सर्बाधिक धारासिको रासिको भलिबल प्रतियोगिता  हुने।


  • समाचार कुञ्ज
  • २०८२ पौष २५, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • १५ पाठक संख्या
  • सालिक राम गहतराज
    तनहुँको भिमादमा अन्तराष्ट्रिय स्तरका खेलाडीहरु सम्मिलित भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।  माघ १ गतेबाट भिमादमा वेष्ट ब्वइज क्लवको आयोजनामा ‘फस्ट बेस्ट ब्वाइज भलि फेस्ट–०८२’ आयोजना हुने भएको हो । विहिबार पत्रकार सम्मेलन मार्फत गण्डकी प्रदेशमा नै टाइगर कपपछि र तनहुँमा सर्वाधिक पुरस्कार राशि सहितको प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ । क्लवका अध्यक्ष संसार अञ्जान सुवेदीले भलिबल खेलाडीहरुको विकास र भिमादलाई खेलकुद क्षेत्रको उत्गम थलो बनाउने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागेको बताए ।  प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्लवहरु सहभागि हुने दावि गरेका छन् । त्यस अबसरमा नगर उद्योग वाणिज्य सघ भिमाद का अध्यक्ष चत्तुर्भुज सुवेदीले सस्थाको तर्फबाट सक्दो सहयो  गर्ने बताए।
    क्लब का अध्यक्ष सुवेदीका अनुसार प्रतियोगितामा ६ टिम सहभागि हुनेछ । प्रतियोगितामा प्रथम द्धितीय र सान्तवना हुने टिमले क्रमश ३ लाख , दुई लाख  र ५०÷५० हजार पुरस्कार प्राप्त गर्नछन् । विधागत तर्फ उत्कृष्ट हुने खेलाडीले सर्वोत्कृष्ट  २० हजार र उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकले जनही १० हजार सहित सम्मानित हुनेछन्  । 

    प्रतियोगिता सुरू देखि अन्त सम्म  बिभिन्न बिधाका चर्चित कलाकारहरु समिक्षा अधिकारी, प्रकाश दुतराज, अर्जुन सापकोटा, बद्रि पंगेनी, शान्तारानी परियार, निश्चल दवाडी सहित आश्मा विश्वकर्मा र सविन राईको ब्याण्डको साँगितिक प्रस्तुती रहने बताइएका थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट