आज: २०८३ कार्तिक १, शनिबार | Sat, 17, Oct, 2026

मिलनशील युवा क्लबको साविक वडा स्तरीय भलिबल प्रतियोगिता सम्पन्न, माजकोट प्रथम


  • समाचार कुञ्ज
  • २०८३ आश्विन ८, बिहिबार मा प्रकाशित ३ हफ्ता अघि
  • ३७ पाठक संख्या
  • घिरिङ, २०८३ भदौ ८

    घिरिङ गाउँपालिका–४ उम्से बेलस्वारा मिलनशील युवा क्लबको आयोजनामा सञ्चालन भएको साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता २०८३ सम्पन्न भएको छ। प्रतियोगिताको समापन समारोहमा विजेता तथा उपविजेता टोलीलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ।

    प्रतियोगितामा माजकोट प्रथम हुँदै नगद रु। ३० हजार मेडल प्रमाणपत्र शिल्ड पुरस्कार प्राप्त गरेको छ। त्यस्तै आयोजक टोली द्वितीय हुँदै रु। २० हजार मेडल प्रमाणपत्र शिल्ड तथा पिपलटार तृतीय हुँदै रु। १० हजारमेडल प्रमाणपत्र शिल्ड पुरस्कार प्राप्त गरेको छ।

    समापन समारोहका प्रमुख अतिथि घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा रहेका थिए। कार्यक्रममा घिरिङ गाउँपालिका–४ का वडा अध्यक्ष भीमबहादुर कुमाल, गाउँपालिका कार्यपालिका सदस्य रिमा कुमाल, कार्यपालिका सदस्य टोप बहादुर रामधाम.वडा सदस्य मनबहादुर रानाभाट, जनजागरण सामुदायिक वनका अध्यक्ष टक लाल विक तथा शान्ति आमा समूहकी अध्यक्ष कल्पना रानाभाट , समाजसेवी गाउँबासिको बाक्लो उपस्थिति रहेको थियो।

    मिलनशील युवा क्लबका अध्यक्ष धनबहादुर गेलाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजु रानाभाटले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन तथा संयोजन समर रानाभाटले गरेका थिए।

    प्रतियोगिताले स्थानीयस्तरमा रहेका युवाको खेल प्रतिभा प्रस्फुटन गराउनुका साथै खेलकुदमार्फत आपसी सम्बन्ध, अनुशासन र भाइचाराको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

    समापन समारोहमा विजेता टोलीलाई बधाई दिँदै अतिथिहरूले ग्रामीण क्षेत्रमा खेलकुद गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। प्रतियोगितामा सहभागी सबै टोली तथा खेलाडीलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑