आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

आठौ नवलपुर महोत्सवको खुल्ला नृत्य प्रतियोगीताका लागि आवेदन खुल्ला


  • समाचार कुञ्ज
  • २०८१ माघ १३, आईतबार मा प्रकाशित १ साल अघि
  • १२ पाठक संख्या
  • कावासोती 
     आठौ नवलपुर महोत्सव–२०८१ को तयारी तिब्र रुपमा शुरु भएको गरीएको छ । नवलपुर जिल्ला भित्र रहेका प्रतिभाहरुलाई प्रस्फुटन गराउने उदेश्यका साथ विगत महोत्सवहरुमा नवलपुर डान्स आईडलको रुपमा संचालन हुदै आएको कार्यक्रमलाई आठौ संस्करणबाट नवलपुर जिल्ला स्तरीय खुल्ला नृत्य प्रतियोगिताको नामबाट संचालन गर्न लागिएको नवलपुर जिल्ला स्तरीय खुल्ला नृत्य प्रतियोगिता–२०८१ उप समिति संयोजक प्रेम पाण्डेले जानकारी दिनुभयो ।

    नवलपुर जिल्ला भित्र रहेका नव प्रतिभाहरुको कलाकारीतालाई उजागर गर्न हरेक महोत्सवमा गरीदै आईएको डान्स आईडललाई आठौ संस्करणबाट बृहत गदै जिल्ल स्तरीय अुल्ला नृत्य प्रतियोगिताको नाममा संचालन गर्न लागिएको बताउनु भयो । उप समिति संयोजक पाण्डेका अनुसार कला , भाषाको संरक्षण र प्रवद्धन गर्दै स्थानिय उत्पादनको बजारी करणका लागि आगामी माघ २५  गते देखी फागुन १० गते सम्म नवलपुर महोत्सव आयोजनामा संचालन हुने नवलपुर जिल्ला स्तरीय खुल्ला नृत्य प्रतियोगिता–२०८१ मा प्रतियोगी हुन चाहने सम्पुर्णलाई माघ २० गते भित्र नवलपुर उद्योग बाणिज्य संघको कार्यालयमा नाम दर्ता गर्न अनुरोध गरीएको पाण्डेले बताउनुभयो । 
    २० गते सम्म दर्ता भएका प्रतियोगीहरुको २२ गते टप टेन छनौट गरी महोत्सव अवधि भर प्रतियोगीहरुको प्रस्तुति रहने जनाईएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट