आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

बौदीकाली–१ मिथुकरम डाँडामा राष्ट्रिय झण्डा स्थापना, पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै


  • समाचार कुञ्ज
  • २०८२ माघ १६, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • १८ पाठक संख्या
  • तिर्थराज काफ्ले  कावासाेती नवलपुर । 

    बौदीकाली गाउँपालिका–१ स्थित मिथुकरम डाँडामा सचेत युवाहरूको सक्रिय पहलमा केही समयअघि ठूलो राष्ट्रिय झण्डा स्थापना गरिएको छ। राष्ट्रप्रेम, एकता र पहिचानको सन्देश बोकेको उक्त झण्डाले सो क्षेत्रको पहिचानलाई थप मजबुत बनाएको स्थानीयवासी देबी घर्ती मगरले बताउनु भयाे ।
    झण्डा निर्माण गरिएको उक्त स्थानबाट बौदीकाली गाउँपालिकाका अधिकांश भू–भागहरू सजिलै अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय दैनिक रूपमा अवलोकन तथा भ्रमणका लागि पुग्नेहरूको संख्या बढ्दै गएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस डाँडाले आन्तरिक पर्यटकहरूलाई आकर्षित गर्न थालेको छ।
    यस क्षेत्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले बौदीकाली गाउँपालिकाले चालु आर्थिक वर्षमा पहुँच मार्ग (फुट ट्र्याक) निर्माण कार्य अघि बढाएको छ। पहुँच मार्ग निर्माणसँगै आगन्तुकहरूलाई सहज आवतजावत हुने अपेक्षा गरिएको छ।
    स्थानीय युवाहरूको सक्रिय सहभागिता, राष्ट्रिय झण्डा स्थापना र पूर्वाधार विकासले मिथुकरम डाँडाको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने, राष्ट्रप्रेमको भावना अभिवृद्धि हुने तथा स्थानीय आर्थिक गतिविधि सशक्त बन्ने विश्वास लिइएको  बैदिकालि गाउँपालीकाका अध्यक्ष प्रकाश आेझा बताउनु हुन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट