
समाचार कुञ्ज भिमाद, निवृत्त शिक्षक समाज नगर कार्यसमिति, भिमाद तनहुँको आयोजनामा ‘भिमाद शैक्षिक दर्पण’ लोकार्पण तथा ज्येष्ठ निवृत्त शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ।

समाजका अध्यक्ष चन्द्रप्रकाश सुवेदीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य जितप्रकाश आले प्रमुख अतिथिका रूपमा उपस्थित भई कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, उपप्रमुख शारदा खनाल, निवृत्त शिक्षक समाजका केन्द्रीय सदस्य माया राना लगायतले संयुक्त रूपमा ‘भिमाद शैक्षिक दर्पण’ को लोकार्पण गर्नुभएको थियो।
कार्यक्रममा भिमाद नगरपालिकाभित्र विद्यालय स्थापना तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्तित्वहरू तथा लामो समय शिक्षण सेवामा समर्पित भई निवृत्त भएका ज्येष्ठ शिक्षकहरूलाई सम्मान गरिएको थियो।
लोकार्पित ‘भिमाद शैक्षिक दर्पण’ माथि जनज्योति माध्यमिक विद्यालयका शिक्षक सुरज लम्सालले समिक्षात्मक प्रस्तुति राख्नुभएको थियो।
कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, निवृत्त शिक्षकहरू, पत्रकार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो
प्रतिक्रिया दिनुहोस