
समाचार कुञ्ज तनहुँ क्षेत्र नं. २ का नव निर्वाचित सांसद न्यौपानेलाई सम्मान गर्दै आयोजित कार्यक्रममा बधाई तथा शुभकामना आदानप्रदान गरिएको थियो। कार्यक्रममा हाल निर्माणाधीन भिमाद खानेपानी आयोजनाको प्रगति, विद्यमान चुनौती तथा आगामी कार्यदिशाबारे विविध महत्वपूर्ण छलफल समेत सम्पन्न भएको जनाइएको छ।






कार्यक्रममा खानेपानी उपभोक्ता समितिका अध्यक्ष ऋषिराम रानाले माननीय न्यौपानेको प्राविधिक विज्ञता, अनुभव र नेतृत्वले आयोजनालाई गुणस्तरीय तथा समयमै सम्पन्न गर्न थप ऊर्जा र प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस