आज: २०८३ जेष्ठ १९, मंगलबार | Tue, 02, Jun, 2026

नवलपुर क्षेत्र नम्बर – २ का संसद् मनिष खनाल विकास, पूर्वाधार विस्तार र जनसेवामा सक्रियता


  • समाचार कुञ्ज
  • २०८३ बैशाख १५, मंगलबार मा प्रकाशित १ महिना अघि
  • ४५ पाठक संख्या
  • नवलपुर क्षेत्र नम्बर –  २ का माननीय संघीय सांसद मनिष खनाल  बौदिकाली गाउँपालिकाको समग्र विकास, पूर्वाधार विस्तार र जनसेवाको अवस्था बुझ्न विशेष सक्रियता देखाउनुभएको छ। यस क्रममा उहाँले रोकिएका तथा ओझेलमा परेका विकासका कामहरूलाई गति दिने, सडक सञ्जाल विस्तार गर्ने, शुद्ध खानेपानीको व्यवस्था सुधार गर्ने तथा स्वास्थ्य क्षेत्रका समस्याहरू समाधानतर्फ लैजाने विषयमा गहिरो चासो व्यक्त गर्नुभएको छ

    🏥 स्वास्थ्य क्षेत्र: १५ शैयाको बौदिकालीमा रहेको १५ शैयाको अस्पताललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने र सेवा गुणस्तर सुधार गर्ने विषयमा उहाँले स्थलमै पुगेर अवलोकन गर्नुभयो। स्वास्थ्यकर्मीहरूसँग प्रत्यक्ष छलफल गर्दै सेवा प्रवाह सुधारका उपायहरूबारे महत्वपूर्ण सुझावहरू आदानप्रदान गर्नु भएको छ

    🚩 पर्यटन र सांस्कृतिक सम्पदा

    स्थानीय पर्यटन प्रवर्द्धनका लागि वडा नं. १ को झण्डा पार्क, वडा नं. २ को अकलादेवी मन्दिर तथा वडा नं. ३ को श्री महर्षि गुरुकुल आश्रमको अवलोकन गरिएको छ। धार्मिक तथा प्राकृतिक पर्यटनमार्फत बौदिकालीलाई समृद्ध बनाउने सम्भावना रहेको उहाँको विश्वास छ।

    🏢 वडा कार्यालय अवलोकन तथा समन्वय

    वडा नं. ४ को वडा कार्यालयको समेत अवलोकन गर्दै त्यहाँको सेवा प्रवाह, भौतिक अवस्था र विकासका सम्भावनाबारे जानकारी लिनुभयो। वडा नं. ४ लाई कसरी अझ प्रभावकारी रूपमा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा स्थानीय प्रतिनिधिहरूसँग छलफल गरिएको छ।

    साथै वडा नं. ३ का जनप्रतिनिधिहरूसँग भेटघाट गर्दै आ–आफ्ना वडाका विकासका प्राथमिकता र समस्याबारे विस्तृत छलफल गरिएको छ।

    📚 शिक्षा क्षेत्रमा चासो

    विभिन्न विद्यालयहरूको निरीक्षण गर्दै उहाँले शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार तथा विद्यार्थीको अवस्थाबारे जानकारी लिनुभयो। गुणस्तरीय शिक्षा सुनिश्चित गर्न स्थानीय तहसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो

    🤝 स्थानीय सरकारसँग बौदिकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझा ज्यू तथा विभिन्न शाखाका प्रमुख कर्मचारीहरूसँग माननीय सांसद मनिष खनाल ज्यूको भेटघाट तथा छलफल भएको छ। उक्त छलफलमा बौदिकालीको समग्र विकासलाई कसरी योजनाबद्ध, प्रभावकारी र दिगो रूपमा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा विस्तृत विचार–विमर्श गरिएको छ। स्थानीय र संघीय सरकारबीचको सहकार्यलाई अझ सुदृढ गर्दै विकासका कामहरूलाई गति दिने कुरामा विशेष जोड दिइएको छ।

    👥 जनसम्पर्क तथा घरदैलो कार्यक्रम

    घरदैलो तथा जनसम्पर्क कार्यक्रम अन्तर्गत वडा नं. १ देखि वडा नं. ४ सम्म विभिन्न स्थानहरूमा पुगेर स्थानीय जनताहरूको सुझाव तथा गुनासोहरू संकलन गरिएको छ। उक्त भेटघाटहरूमा जनताको आवश्यकता, विकासका प्राथमिकता तथा समस्या समाधानका विषयमा प्रत्यक्ष छलफल गरिएको थियो। त्यहाँबाट प्राप्त सुझावहरूलाई आगामी विकास योजनामा समेट्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ

    विशेष सूचना

    वडा नं. १, २, ३ र ४ का कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न भए तापनि, डेढगाउँ बौदिकाली–२) मा घटेको दुखद घटनाका कारण संवेदनशीलता अपनाउँदै बाँकी कार्यक्रमहरू हाललाई स्थगित गरिएको छ। बाँकी स्थानहरूमा छिट्टै पुनः कार्यक्रम सञ्चालन गरिने जानकारी गर्नु भएको छ

    प्रतिबद्धता

    “विकासका लागि एकता, समृद्धिका लागि सहकार्य” भन्ने मूल मन्त्रका साथ बौदिकालीको उन्नतिका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट