आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

बुलिङटारमा करिब दुई रोपनी क्षेत्रफलमा फैलिएको ५०० गाँजाका बिरुवा फडानी


  • समाचार कुञ्ज
  • २०८३ श्रावण १३, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  • १९ पाठक संख्या
  • नवलपुर, साउन १३

    नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङटार गाउँपालिका–१ भलायटार क्षेत्रमा करिब दुई रोपनी क्षेत्रफलमा प्राकृतिक रूपमा उम्रिएका तथा संरक्षण गरिएको करिब ५०० वटा गाँजाका बिरुवा फडानी गरी नष्ट गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का अनुसार बुधबार बिहान करिब ८ बजे प्रहरी टोली, स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दाको संयुक्त सहभागितामा गाँजाका बिरुवा फडानी गरिएको हो।

    प्रहरीले प्राकृतिक रूपमा उम्रिएका र संरक्षणसमेत गरिएको गाँजाका बिरुवा काटेर नष्ट गरेको जनाएको छ। अवैध लागूऔषधको उत्पादन तथा प्रयोग नियन्त्रण गर्ने अभियानअन्तर्गत उक्त कार्य गरिएको प्रहरीको भनाइ छ।

    जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले लागूऔषध नियन्त्रण तथा न्यूनीकरणका लागि यस्ता अभियानलाई निरन्तरता दिइने जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट