
समाचार कुञ्ज भक्तपुर । रोटरी क्लब अफ भादगाउँ, रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गत रोटरी वर्ष २०२६/०२७ को सेवा अभियानलाई निरन्तरता दिँदै भक्तपुरको लप्सीफेदीस्थित मैत्री सेवाश्रममा सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रमअन्तर्गत आश्रममा आश्रित ४० जना ज्येष्ठ नागरिक (आमा-बुबा) लाई पौष्टिक भोजन गराइएको छ । साथै, वातावरण संरक्षण र हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आश्रम परिसरमा विभिन्न प्रजातिका १ सय ५० वटा बिरुवा रोपण गरिएको छ । यसै अवसरमा आश्रमको आवश्यकतालाई मध्यनजर गर्दै छत्तीस हजार दुई सय पचास रुपैयाँ नगद सहयोग पनि हस्तान्तरण गरिएको छ । 

क्लबका अध्यक्ष रोटेरियन बाबुराम खड्काले रोटरीको मूल भावना ‘स्वार्थभन्दा माथि सेवा’ लाई आत्मसात गर्दै समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले यस्ता सेवा गतिविधिहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए । यस्तै, क्लबकी सचिव रोटेरियन सृजना महर्जनले कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेकी छिन् । रोटरी क्लब अफ भादगाउँले समाजसेवा, वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा तथा मानवीय सेवाका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै ‘दिगो प्रभाव सिर्जना’ भन्ने रोटरी वर्ष २०२६/०२७ को मूल नारालाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस