आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

ज्योति रानाभाटको जीवन रक्षा गर्न सरकारसँग रानाभाट/भाट समाज नेपालको माग


  • समाचार कुञ्ज
  • २०८३ श्रावण १९, मंगलबार मा प्रकाशित ६ दिन अघि
  • १७ पाठक संख्या
  • निराज रानाभाट काठमाडौं । रानाभाट/भाट समाज नेपाल केन्द्रीय कार्य समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्दै आमरण अनशनरत स्वास्थ्यकर्मी ज्योति रानाभाटको जीवन रक्षा गर्न तत्काल पहल गर्न माग गरेको छ । समाजका महासचिव राजु रानाभाटद्वारा हस्ताक्षरित पत्रमा नर्सिङ क्षेत्रका विभिन्न माग राख्दै वि.सं. २०८३ साउन १४ गतेदेखि आमरण अनसनमा बसेकी स्वास्थ्यकर्मी ज्योति रानाभाटको स्वास्थ्य अवस्था दिनप्रतिदिन जटिल बन्दै गएको उल्लेख गरिएको छ ।

    ghiring

    ghiring

    पत्रअनुसार अनसनको छैटौं दिनसम्म आइपुग्दा उनको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर बनेको, उपचारका लागि काठमाडौंको वीर अस्पतालको आईसीयूमा भर्ना गर्नुपर्ने अवस्था सिर्जना भएको भन्दै उनको जीवन रक्षा गर्न सरकारले तत्काल जायज माग सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ ।

    रानाभाट/भाट समाज नेपालले सरकारसँग अनशनरत ज्योति रानाभाटका मागहरू शीघ्र सम्बोधन गरी उनको जीवन रक्षा गर्न आग्रह गरेको छ । साथै, अधिकारकर्मी, मानवअधिकारवादी संघ/संस्था तथा नागरिक समाजलाई समेत यस विषयमा आवाज उठाउन हार्दिक अनुरोध गरेको छ । उक्त पत्रको बोधार्थ राष्ट्रिय मानव अधिकार आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मानवअधिकारवादी संस्थाहरूलाई समेत पठाइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट