
समाचार कुञ्ज घिरिङ, २१ साउन
घिरिङ गाउँपालिकाले वडा नम्बर ४ का लाभग्राहीलाई घुम्साती शिविर घुम्ती शिविर मार्फत सुरक्षा भत्ता वितरण गरेको छ। बुधबार गडौलीटारस्थित महेन्द्र माध्यमिक विद्यालय र कृष्ण गंगा आधारभूत विद्यालयबाट भत्ता वितरण गरिएको हो।
गाउँपालिकाले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको जनाएको छ। भत्ता वितरण कार्यक्रममा घिरिङ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष भिमबहादुर कुमाल, वडा सदस्य मनबहादुर रानाभाट, गाउँपालिकाका कर्मचारी तथा कुमारी बैंकका प्रबन्धक निर्देशकसहित बैंकका प्रतिनिधिको सहभागिता रहेको थियो।
वडा अध्यक्ष कुमालले गाउँपालिकाले नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यअनुसार टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताए। उनले यसबाट ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा अन्य लाभग्राहीलाई बैंक वा गाउँपालिका कार्यालयसम्म पुग्नुपर्ने झन्झट कम भएको जनाए।
कार्यक्रममा गाउँपालिकाका कर्मचारीले लाभग्राहीको विवरण प्रमाणीकरण गरी भत्ता वितरण गरेका थिए। कुमारी बैंकका प्रतिनिधिले बैंकिङ प्रक्रियामार्फत भत्ता वितरणमा सहजीकरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस