आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

मिथुकरम झण्डा डाँडामा वृक्षरोपण कार्यक्रम सम्पन्न


  • समाचार कुञ्ज
  • २०८३ श्रावण २३, शनिबार मा प्रकाशित २ दिन अघि
  • ११ पाठक संख्या
  • डेढगाउँ, २३ साउन — नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को  बौदिकाली गाउँपालिकास्थित मिथुकरम झण्डा डाँडामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। बौदिकाली होटल व्यवसायी र इलाका प्रहरी कार्यालय डेढगाउँको संयुक्त आयोजनामा शनिबार वृक्षरोपण कार्यक्रम गरिएको हो।

    ‘हरित वातावरण, स्वच्छ समाज, समृद्ध भविष्यको आधार’ भन्ने नारासहित आयोजित कार्यक्रममा मिथुकरम झण्डा डाँडामा विभिन्न प्रजातिका बिरुवा रोपिएको आयोजकले जनाएको छ। पर्यावरण संरक्षण, हरियाली प्रवर्द्धन र पर्यटकीय क्षेत्रको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

    कार्यक्रममा इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक अनिलकुमार मिश्र, बौदिकाली होटल व्यवसायी जिल्ला सचिव सुरज कार्की, वडा सदस्य दिलबहादुर बस्याल, समाजसेवी दिलिराम राना, होटल व्यवसायी बौदिकाली गाउँपालिका संयोजक नारायण श्रेष्ठ र मोटल मिथुकरमका सञ्चालक धनबहादुर नेपालीलगायतको सहभागिता थियो।

    मिथुकरम झण्डा डाँडा बौदिकाली गाउँपालिकाको पर्यटकीय सम्भावना बोकेको क्षेत्र भएकाले वृक्षरोपणले वातावरण संरक्षणसँगै क्षेत्रको सौन्दर्य बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    कार्यक्रममा सहभागीहरूले रोपिएका बिरुवाको संरक्षण र हुर्काउन स्थानीयस्तरबाट निरन्तर पहल आवश्यक रहेको बताएका थिए। कार्यक्रममा स्थानीय होटल व्यवसायी, प्रहरी तथा समाजसेवीहरूको सहभागिता रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट