आज: २०८३ श्रावण २६, मंगलबार | Tue, 11, Aug, 2026

एपेन्डिक्सको अप्रेसनपछि बिरामीको होस नआएको भन्दै कालिगण्डकी अस्पतालमा स्थानीयको धर्ना


  • समाचार कुञ्ज
  • २०८३ श्रावण २४, आईतबार मा प्रकाशित १ दिन अघि
  • ६ पाठक संख्या
  • नवलपुर, साउन २४ — नवलपुरको मध्यबिन्दु नगरपालिका–१० पोखरीतालका १९ वर्षीय यमराज सोतीको एपेन्डिक्सको शल्यक्रियापछि हालसम्म होसमा नआएको भन्दै स्थानीयवासीले काली गण्डकी अस्पतालमा धर्ना दिएका छन ।

    ghiring

    ghiring

    सोतीलाई सुरुमा स्थानीय मेडिकलमा टाइफाइड भएको भन्दै उपचार गरिएको थियो। त्यसपछि थप उपचारका लागि उनलाई साउन ९ गते कावासोती नगरपालिका–८ स्थित कालीगण्डकी अस्पतालमा लगिएको थियाे
    अस्पतालमा एपेन्डिक्सको समस्या देखिएको भन्दै उनको शल्यक्रिया गरिएको थियो। तर, शल्यक्रिया सम्पन्न भएपछि पनि बिरामीको होस नआएपछि साउन १० गते चितवनस्थित सरकारी अस्पतालमा रिफर गरिएको परिवार तथा स्थानीयको भनाइ छ।

    हालसम्म पनि सोतीको होस नआएको भन्दै घटनाबारे चिकित्सक तथा अस्पताल प्रशासनसँग जानकारी लिन र छलफल गर्न मध्यबिन्दु नगरपालिका–१० स्थानीय कालीगण्डकी अस्पतालमा पुगेका हुन ।
    स्थानीयले उपचारका क्रममा के भएको हो, शल्यक्रियापछि बिरामीको अवस्था किन गम्भीर भयो र हालसम्म होसमा नआउनुको कारणबारे अस्पताल तथा चिकित्सकसँग स्पष्ट जानकारी माग गरेका छन
    घटनाबारे अस्पताल प्रशासन र सम्बन्धित चिकित्सकको आधिकारिक धारणा भने आउन बाँकी रहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट