लिस्बन — मगर मौलिक कौरा संरक्षण समिति पोर्चुगलको दोस्रो साधारण सभा तथा अधिवेशन–२०२६ सम्पन्न भएको छ । पोर्चुगलको राजधानी लिस्बनस्थित आन्जुसमा रहेको ‘एभरेस्ट मम रेस्टुरेन्ट’ को सभाहलमा सेप्टेम्बर १ तारिख सम्पन्न अधिवेशनले सूर्य थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिका अध्यक्ष विक्रम थापा मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार राना मगर प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा मगर संघ पोर्चुगलका अध्यक्ष युक ब. राना मगर, तामाङ समाज पोर्चुगलका अध्यक्ष कुमार सिं बल तामाङ, तनहुँ मगर समाजका अध्यक्ष पदम भण्डारी, तमु समाज पोर्चुगलका वरिष्ठ उपाध्यक्ष नेत्र गुरुङ तथा शेर्पा समाज पोर्चुगलका प्रतिनिधि सोनाम शेर्पालगायतको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रम मगर मौलिक कौरा संरक्षण समिति पोर्चुगलका महासचिव सूर्य थापा मगरले सञ्चालन गरेका थिए । कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरूले मगर समुदायको मौलिक संस्कृति, परम्परा, भाषा, भेषभूषा र कौरा नृत्यको संरक्षण तथा प्रवर्द्धनका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए ।
कार्यक्रममा मगर मौलिक कौरा संरक्षण समिति पोर्चुगलका सदस्य दिपक थापा मगर, तमु समाज पोर्चुगलका वरिष्ठ उपाध्यक्ष नेत्र गुरुङ, तामाङ समाज पोर्चुगलका अध्यक्ष कुमार सिं बल तामाङ, मगर संघ पोर्चुगलका अध्यक्ष युक ब. राना मगर तथा नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोपकुमार राना मगरले स्वागत मन्तव्य तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको अन्त्यमा समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति विक्रम थापा मगरले उपस्थित सबैलाई धन्यवाद दिँदै संस्थाले आगामी दिनमा मौलिक संस्कृति संरक्षणका गतिविधिलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
अधिवेशनले सूर्य थापा मगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा सुनिल राना मगर, महिला उपाध्यक्षमा मिस्पा गुरुङ, महासचिवमा दिपक थापा मगर, सचिवमा ओसिन गिदेल मगर, कोषाध्यक्षमा सरिता पुन मगर र सह–कोषाध्यक्षमा राम ईश्वर लामिछाने मगर चयन भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा दुर्गा थापा मगर, जयानन्द थापा मगर, पवि पुन मगर, प्रदिप पुलामी मगर, तुलसी पुर्जा मगर, सोनी राम्जाली मगर, विजन थापा मगर, मनिषा थापा मगर, साविना घर्ती मगर, प्रतिक थापा मगर, कुशल राना मगर, लिजा बुढा मगर, सलिना राना मगर, किशोर लुङ्गेली मगर, निशा थापा मगर, आरती सारु मगर, सुस्मिता सिजाली मगर र सरिता राना मगर चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई कार्यक्रमका अतिथि तथा सहभागीहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । नयाँ नेतृत्वले पोर्चुगलमा रहेका मगर समुदायलाई एकताबद्ध गर्दै मगरहरूको मौलिक कौरा संस्कृति तथा परम्पराको संरक्षण र पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
मगर मौलिक कौरा संरक्षण समिति पोर्चुगलले विगतदेखि नै मगर समुदायको मौलिक संस्कृति र कौरा परम्पराको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामाझ यसको महत्व स्थापित गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ । दोस्रो साधारण सभा तथा अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले संस्थाका आगामी गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ ।
समितिको तर्फबाट स्वागत मन्तव्यमा दीपक थापा मगरले स्वागत मन्तव्य दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस