आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

स्वदेश फर्कँदै प्रधानमन्त्री ओली 


  • समाचार कुञ्ज
  • २०८१ आश्विन १४, सोमबार मा प्रकाशित १ साल अघि
  • १० पाठक संख्या
  • असोज १४, 

    प्रधानमन्त्री केपी शर्मा ओली पूर्वनिर्धारित भ्रमण तालिकाअनुसार नै स्वदेश फर्कन अमेरिकाबाट कतारको दोहातर्फ प्रस्थान गर्नुभएको छ ।

    असोज ४ गते अमेरिका जानुभएका प्रधानमन्त्री ओलीले असोज १० गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुभएको थियो ।

    महासभालाई सम्बोधन गरेपछि अमेरिकी राष्ट्रपतिसहित विभिन्न देशका राष्ट्रपति तथा प्रधानमन्त्रीसँग उहाले भेटघाट गर्नुभएको थियो ।

    नेपालमा बाढीपहिरोले बितण्डा मच्चाए पनि बेवास्ता गर्दै स्वदेश नफर्किएको भन्दै राजनीतिक वृत्तमा प्रधानमन्त्री ओलीको निकै आलोचनासमेत भएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट