आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

४ GPA ल्याउने छात्राहरूलाई नगर प्रमुखको घोषणा– जनही २५ हजार पुरस्कार


  • समाचार कुञ्ज
  • २०८२ अषाढ १६, सोमबार मा प्रकाशित ८ महिना अघि
  • १७ पाठक संख्या
  • तिर्थराज काफ्ले नवलपुर,— यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नवलपरासी (ब.स.पु) देवचुली नगरपालिकाबाट सहभागी भएका १,०३७ विद्यार्थीहरूमध्ये ८३३ जना विद्यार्थी ग्रेडेड हुन सफल भएका छन्। यो कुल ८०.३३ प्रतिशत नतिजा हो, जुन गत वर्षको ५५.५८ प्रतिशतभन्दा उल्लेखनीय सुधार हो।

    उत्कृष्ट नतिजाका साथ नगरपालिकाका चार जना छात्राहरूले ४.० ग्रेड प्वाइन्ट एभरेज (GPA) हासिल गर्न सफल भएका छन्। ४ GPA प्राप्त गर्ने छात्राहरू   जनज्योति नमुना माध्यमिक विद्यालयका छात्रा  अञ्जु श्रेष्ठ ,विश्वज्योति माध्यमिक विद्यालयका छात्रा लक्ष्मी श्रेष्ठ ,विश्वज्योति माध्यमिक विद्यालयका छात्रा सुमिना के.सी. , मुनलाइट आदर्श पब्लिक एकेडेमीका छात्रा रोसा नेपाली रहेका छन् ।
     छात्राहरूको उत्कृष्ट उपलब्धिलाई सम्मान गर्न देवचुली नगरपालिकाका नगरप्रमुख श्री हरिप्रसाद न्यौपानेले हरेक छात्रालाई रु २५,००० नगद सहित सम्मान गरिने घोषणा गर्नुभएको छ।

    नगरप्रमुख न्यौपानेले भने, "हाम्रो नगरका छोरीहरूले देखाएको यो उत्कृष्ट उपलब्धि सम्पूर्ण समुदायका लागि प्रेरणाको स्रोत हो। यस्ता प्रतिभाहरुलाई प्रोत्साहन गर्न नगरपालिकाले निरन्तर सहयोग गर्दै जानेछ।"

    नगरपालिकाले भविष्यमा पनि शैक्षिक गुणस्तर अभिवृद्धिका लागि थप कार्यक्रमहरू अघि सार्ने जनाइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट