आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

हाइकिङ मार्फत पर्यटकीय स्थानहरुको प्रवद्र्धनात्मक कार्यक्रम गर्दै


  • समाचार कुञ्ज
  • २०८२ अषाढ ३२, बुधबार मा प्रकाशित ७ महिना अघि
  • १३ पाठक संख्या
  • पोखरा । हाइकिङ मार्फत पोखरा आसपासका पर्यटकीय स्थानहरुको प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको हाईकर्स क्लब नेपालले असारको अन्तिम शनिबार ६० औं श्रृङ्खला पोखरा २२ मा रहेको तारेभिर र बुद्धपार्क पुगेर सम्पन्न गरेको छ ।
    स्वास्थ्य र पर्यटनको लागि हाइकिङ भन्ने मुल नाराका साथ विगत ६ वर्ष देखि हरेक महिनाको अन्तिम शनिबार गरिदैं आएको हाइकिङ भाग ६० मा पोखरा महानगरपालिका वडा नं. २२ को कालाबाङ घरेडी बाट पैदल यात्रा सुरु गरेर, भुम्दी, तारेभिर, चिसापानी पुगेर पुनः भुम्दी हुँदै कालाबाङ घरेडी बुद्धपार्कमा आएर हाईकिङ कार्याक्रमको समापन गरिएको क्लबका अध्यक्ष कृष्ण रानाभाटले वताउनुभयो ।

    शनिबार विहान ७ वजे पोखरा–९, न्यूरोड, दरबारथोकमा भेला भएर सिटी बसमा कालाबाङ घरेडीसम्म २५ जना सहभागी भएका थिए ।
    गृहणी, व्यवसायी, संघसंस्थाका अध्यक्ष, पत्रकारहरुको समुहलाई तारेभिरका होटल व्यवसायी असिम खाजा घर एण्ड किराना पसलका संचालन राजु रानाले स्वागत गर्नुका साथै खानपानको व्यवस्थापन गर्नुभएको थियो ।

    पहिलो पटक सहभागी छोरेपाटन मा.वि.भु.पु विद्यार्थी मञ्चका उपाध्यक्ष हिमलाल उपाध्यायले हाईकिङ कार्यक्रमले व्यक्तिलाई निरोगी राख्न मद्दत गर्ने वताउनुभयो ।

    हाइकर्स क्लब नेपाल जिल्ला प्रशासन कार्यलय कास्कीमा दर्ता संस्था हो । यस संस्थाको सदस्य हुन साधारण सदस्यताको ५ सय र आजिवन सदस्यताको ३ हजार लाग्ने अध्यक्ष रानाभाटले वताउँदै हाइकिङमा सहभागी हुन सदस्य हुनै पर्ने वाध्यता नरहेको वताउनुभयो ।

    पछिल्लो समय बुद्धपार्कमा आन्तरिक तथा वाह्य पर्यटकको चहल पहल वढ्न थालेको छ भने स्थानियले साना साना पसल संचालन गरेर पर्यटकलाई स्थानिय उत्पादन, खाजा र पानी विक्री वितरण गर्ने गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट